धनगढी पोष्ट
शनिबार, ०६ असार २०७७ मा प्रकाशित
धनगढी
एनआरएनए कोरियाले उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट मार्फत २५ सय थान पिसिआर किट सहयोग गरेको छ ।
सुदुरपश्चिम प्रदेशमा परिक्षणमा प्रयोग हुने गरि मन्त्री भट्टलाई हस्तान्तरण गरेको हो । एनआरएन कोरियाका कार्यकारी निर्देशक राजेश रानाले कोरियाबाट पठाईएका पिसिआर कीट मन्त्री भट्टलाई हस्तान्तरण गरेका हुन । हस्तान्तरित किट चाँडै सुदूरपश्चिम पठाईने मन्त्री भट्टको सचिवालयले जनाएको छ ।