धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026
डोटीमा एकै दिन ६१ जना थप

शनिवार सुदूरपश्चिममा ९४ जना कोरोना संक्रमित थपिए

धनगढी

   सुदूरपश्चिममा शनिवार थप ९४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ९२ र शिक्षण अस्पताल महाराजगञ्जमा रहेको प्रयोगशालमा दुई जनामा गरि ९४ जनामा कोरोना पुष्टि भएको हो ।

     पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा डोटीका नौँ महिला र ५२ पुरुष गरी ६१ जना, बैतडीका १८ पुरुष, डडेल्धुराका ५ महिला र सात पुरुष गरी १२ जना र कैलालीका एक पुरुषमा  कोरोना पुष्टि भएको छ ।

    यस्तै शनिवार नै शिक्षण अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा कैलालीका दुई पुरुषमा पनि संक्रमण पुष्टि भएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।