धनगढी पोष्ट
शनिबार, ०६ असार २०७७ मा प्रकाशित
धनगढी
सुदूरपश्चिम प्रदेशमा पाँच दिन पछि भिटिएम ल्याइएको छ । भिटिएम भित्रिएसंगै प्रदेशमा आइतबार देखी पुनः स्वाव संकलन सुरु हुने सेती अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।
सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दुई हजार भिटिएम पठाएको र सामाजिक विकास मन्त्रालय अन्तरगतको आपूर्ति शाखाले पनि एक हजार भीटीएम खरिद गरेको बताए ।
उनले भीटीएम आए संगै स्वाव संकलन शुरु हुने जानकारी दिए । प्रदेश सरकारसंग भिटिएमको मौज्दात सकिएपछि पाँच दिन यता कोरोना परीक्षणका लागि स्वाब संकलन हुन सकेको थिएन ।