धनगढी पोष्ट शनिबार, १६ फागुन २०८२   February 28, 2026

महाकालीमा बनिरहेको ४ लेनको सडकमा प्रयोग भएका निर्माण सामागी बगाायो

पानीको बहाव बढेपछि निर्माण कार्यमा प्रयोग भएका सामानको  करोडौंको क्षति भएको छ ।

महाकालीमा बनिरहेको ४ लेनको सडकमा प्रयोग भएका निर्माण सामागी बगाायो

धनगढी । लगतारको बर्र्षा पछि बढेको पानीको बहावले महाकाली नदीमा बनिरहेको ४ लेनको सडकका निर्माण सामाग्रीहरु  बगाएको छ ।

दुई   दिन परेको लगातारको वर्षापछिको पानीको बहावले कम्पनीले पुलमा कालोपत्रे गर्न बनाइएको प्लान्ट, कालोपत्रे गर्ने मेसिन सहितका उपकरण बगाएको भीमदत्त नगरपालिका वडा नं १३ का वडा अध्यक्ष लाल बहादुर शाहीले बताए ।

अध्यक्ष शाहीका अनुसार  पुलमा काम गर्ने १० कामदार समेत नदीको बीचमा रहेको टापुमा फसेका थिए । पानीको बहाब घटेपछि उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।

 पानीको बहाव बढेपछि निर्माण कार्यमा प्रयोग भएका सामानको  करोडौंको क्षति भएको शाहीले बताए ।