धनगढी पोष्ट
शनिबार, ०६ असार २०७७ मा प्रकाशित
डोटी
डोटीको आदर्श गाउँपालिका – ७ मा एक जना महिलाको करेन्ट लागेर मृत्यु भएको छ । कोरोना प्रभावित व्यक्ति धारामा नुहाउन आउने भन्दै स्थानीय १९ वर्षीय सुर्ज किमाडीले पानीको ट्याङ्कीमा बिजुलीको तार हालेका स्थानीले बताएका छन् ।
आदर्श–७ नवाघरकी मानबहादुर बाघकी २६ वर्षीय श्रीमती तुल्सी धारामा नुहाउन गएकी थिइन् । सोही बेलामा करेन्ट लागेर उनको मृत्यु भएको स्थानीय गणेश बिष्टले जानकारी दिए । सार्वजनिक धारामा भारतबाट आएका कोरोना संक्रमित पनि पानी भर्न आउने गरेको भन्दै करेन्ट छाडेको किमाडीले स्वीकार गरेका छन् ।
किमाडीलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । महिलाको शव अहिले जिल्ला अस्पताल डोटी लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।