धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

अध्यादेशको अधिकार प्रयोग गरि कैलालीमा कडा पारियो निषेधाज्ञा, उल्लंघन गर्नेलाई प्रहरीले जरिवाना तिराउने

निषेधाज्ञाको  अवधिमा मास्क नलगाएको व्यक्तिलाई प्रहरीले पटकै पिच्छे एक सय रुपैया, आवतजावत बन्द उल्लंघन गर्दा दुई सय रुपैयाँ, अनुमति बिना सवारी चलाए दुई पाङ्ग्रे सवारीलाई दुई हजार, अन्य सवारीलाई पाँच हजार रुपैयाँ जरिवाना गर्ने उल्लेख छ

अध्यादेशको अधिकार प्रयोग गरि कैलालीमा कडा पारियो निषेधाज्ञा, उल्लंघन गर्नेलाई प्रहरीले जरिवाना तिराउने

zधनगढी एक हप्ता अघि जारी भएको अध्यादेशको अधिकार प्रयोग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीले निषेधाज्ञाको उल्लंघन गर्नेलाई तोकिने जरिवाना सजाय खुलाएरै पहिलो पटक निषेधाज्ञाको अवधि बढाएको छ ।

जेठ १३ गतेदेखि २० गतेसम्म थपिएको निषेधाज्ञाको अवज्ञा गर्ने व्यक्ति संस्थाहरुलाई कारवाही गर्ने चेतावनी प्रशासनले दिएको

 जेठ गते राष्टपतिद्धारा जारी भएको कोभिड १९ संकट व्यवस्थापन सम्वन्धमा  व्यवस्था गर्न बनेको बनेको अध्यादेश २०७८ को अधिकार प्रयोग गर्दै जरिवाना तोकेको हो अध्यादेश जारी भएपछि पहिलो पटक जिल्लामा निषेधाज्ञामा कडाई पारिएको

कैलालीका प्रमुख जिल्ला अधिकारीद्धारा जारी गरिएको निषेधाज्ञाको आदेशमा   प्रहरीले निषेधाज्ञाको  अवधिमा मास्क नलगाएको व्यक्तिलाई प्रहरीले पटकै पिच्छे एक सय रुपैया, आवतजावत बन्द उल्लंघन गर्दा दुई सय रुपैयाँ, अनुमति बिना सवारी चलाए दुई पाङ्ग्रे सवारीलाई दुई हजार, अन्य सवारीलाई पाँच हजार रुपैयाँ जरिवाना गर्ने उल्लेख

 

 प्रशासनले कुनै व्यक्तिले आिदेशको  निषेधाज्ञाको उल्लंघन गरेमा एक लाख रुपैयासम्म कुनै संस्थाले उल्लंघन गरेमा पाच लाख रुपैयाँसम्म जरिवाना गर्ने  

 आदेश बमोजिमको मापदण्ड पालना नगरेमा महिनासम्म कैद वा तीन लाख रुपैया जरिवाना  प्रमुख जिल्ला अधिकारीले गर्न सक्नेछन् त्यस्तै आदेश बमोजिमको काममा बाधा अवरोध गरेमा एक बर्षसम्म कैद वा पाच लाख रुपैयया जरिवाना वा दुवै जिाय प्रमुख जिल्ला अधिकारीले गर्न सक्नेछन्

यसअघि संक्रामक रोग ऐन आकर्षित गरी आदेश उल्लंघन गर्नेलाई एक महिना कैद वा एक सय रुपैयाँ, काममा बाधा पुरयाउनेलाई महिनासम्म कैद वा सय रूपैयाँ सजाय तोकिएको थियो