धनगढी पोष्ट आइतबार, ०७ बैशाख २०८२   April 20, 2025

बसपार्कमा शव भेटिएका युवकलाइ कुटपिट गरि हत्या गरेको आरोपमा ४ जना पक्राउ

बिहीवार बसपार्कको प्रतिक्षालयमा सुतिरेहका अन्दाजी  २७ बर्षीय युवकको रक्ताम्य अवस्थामा शव भेटिएको थियो । शव भेटिएका ती युवकको  अझै पहिचान खुल्न सकेको छैन ।

बसपार्कमा शव भेटिएका युवकलाइ कुटपिट गरि हत्या गरेको आरोपमा  ४ जना पक्राउ

धनगढी धनगढी बसपार्कमा मृत हवस्थामा भेटिएका एक युवकको हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउन गरेको

पक्राउ परेका चारै जनालाई कर्तव्य ज्यान शिर्षकमा मुद्दा दर्ता गरी कैलाली जिल्ल अदालतबाट म्याद थप भई अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको

पक्राउ पर्नेमा कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर त्रिबेणी चोकका  १८ बर्षीय दिपेन्द्र भन्ने दिपान्सु पौडेल,   डडेल्धुरा अमरगढी नगरपालिकामा घर भई हाल जिल्ला कञ्चनपुर भिमदत्त नगरपालिका वडा नम्बर बस्ने १९ बर्षीय प्रबिण ऐर, जिल्ला डोटी पुर्वी चौकी गाउँपालिका वडा नंम्बर का  २० बर्षीय अनिल कुवँर  कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर का १८ बर्षीय युवराज शाही  रहेका छन्

बसपार्कको  प्रतिक्षालयमा सुतिरहेका ती युवकको खल्तीमा रहेको पैसा लग्नुका साथै कुटपिट गरेर हत्या गरेको आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक बिष्टले जानकारी दिए

 बिहीवार बसपार्कको प्रतिक्षालयमा सुतिरेहका अन्दाजी  २७ बर्षीय युवकको रक्ताम्य अवस्थामा शव भेटिएको थियो शव भेटिएका ती युवकको  अझै पहिचान खुल्न सकेको छैन