धनगढी पोष्ट सोमबार, ०८ बैशाख २०८२   April 21, 2025

बुवाको सम्झना भण्डारीले दिए बिद्यालयलाई खाद्य सामाग्री

उनले धर्म संस्कृतीको जगेर्ना गरिरहेको संस्कृत बिद्यापिठमा अहिले लकडाउनका कारण त्यहाँ अध्ययनरत बिद्यार्थीलाई छाक टार्न नै समस्या देखिएकाले वुवाको सम्झनामा सहयोग गरेको बताए ।

बुवाको सम्झना भण्डारीले दिए बिद्यालयलाई खाद्य सामाग्री

धनगढी नेकपा एमालेका युवा नेता एबं धनगढीका ब्यबसायी राजेश भण्डारीले आफ्नो बुवाको सम्झनामा धनगढी उपमहानगरपालिका १३ स्थित निङलासैनी गुरुकुल संस्कृत बिद्यापीठमा खाद्य सामाग्री हस्तान्तरण गरेका छन् ।

भण्डारीले आफ्ना स्वर्गिय बुवा दानविर बद्रिनाथ भण्डारीको नब्बे औं दिनको पुण्र्य तिथिमा संस्कृत बिद्यापीठमा खाद्य सामाग्री हस्तान्तरण गरेका हुन । अन्य ठाउँमा बिभिन्न दातृ निकाय, ब्यक्ति तथा संस्थाले सहयोग गर्ने गरेको भए पनि यस बिद्यापिठमा कसैको ध्यान नगएकाले आफुले खाद्य सामाग्री दिएको राजेश भण्डारीले बताए ।

उनले धर्म संस्कृतीको जगेर्ना गरिरहेको संस्कृत बिद्यापिठमा अहिले लकडाउनका कारण त्यहाँ अध्ययनरत बिद्यार्थीलाई छाक टार्न नै समस्या देखिएकाले वुवाको सम्झनामा सहयोग गरेको बताए ।

भण्डारीले संस्कृत बिद्यापिठमा २५ कट्टा चामल, ४ कट्टा दाल, ५० किलो चिनि र १ कुन्टल आलु हस्तान्तरण गरेका छन् । सो सामाग्री भण्डारीले परिवार सहित बिद्यापिठ पुगेर त्यहाँका प्रधानाध्यापक खगेन्द्रराज अबस्थीलाई हस्तान्तरण गरेका हुन । सामाग्री बुझ्दै प्रअ अबस्थीले अहिलेको यस बन्दाबन्दीको वेलामा यसले धेरै ठुलो राहत हुने बताए । उनले हाल बिद्यापिठमा १५ जना बिद्यार्थी रहेको बताए ।

 अहिले पनि महामारीबाट मुक्तिका लागि हरेक बिहान रुद्राभिषेक चलिरहेको प्रअ अबस्थीले जानकारी दिए ।