धनगढी पोष्ट
शनिबार, १५ जेठ २०७८ मा प्रकाशित
महेन्द्रनगर । डडेल्धुरा जिल्लामा सात दिन निषेधाज्ञाा थपिएको छ । थपिएपछि डडेल्धुरामा निषेधाज्ञा जेठ २२ गतेसम्म लम्बिएको छ ।
कोरोना संक्रमितको संख्या बढदै गएपछि जिल्ला प्रशासन कार्यालय डडेल्धुराले निषेधाज्ञालाई थप कडाइ गर्ने भएको छ ।
विश्वभर फैलिएको नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण जिल्लामा तीव्र रुपमा फैलिएपछि निषेधाज्ञालाई थप कडाइ गर्दै १५ देखि जेठ २२ गतेसम्म निरन्तरता दिइएको प्रजिअ घिमिरेले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेले निषेधाज्ञाको आदेश जारी गरेका हुन । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जेठ २२ गतेसम्म निषेधाज्ञा लम्ब्याउन सिफारिश गरेको थियो ।
डडेल्धुरामो तेस्रो पटक निषेधाज्ञा थपेको हो । यसअघि पहिलो चरणमा बैशाख २५ देखि जेठ ४ गतेसम्म र दोस्रो चरणमा जेठ ४ देखि जेठ १५ गतेसम्म लम्ब्याएको थियो ।
विश्वभर फैलिएको नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण जिल्लामा तीव्र रुपमा फैलिएपछि निषेधाज्ञालाई थप कडाइ गर्दै १५ देखि जेठ २२ गतेसम्म निरन्तरता दिइएको प्रजिअ घिमिरेले जानकारी दिए ।