धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार नाघ्यो

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार नाघ्यो

धनगढी

   राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज गरिएको परीक्षणमा सुदूरपश्चिमका थप   ३३   जनामा  कोरोना  पुष्टि   भएको छ ।

    काठमाडौंमा भएको परीक्षणमा डोटीका दुई महिला र १४ पुरुष गरी १६ जना, कैलालीका तीन पुरुष, डडेल्धुरामा तीन महिला र ११ पुरुष गरी १४ जनामा कोरोना पुष्टि भएको हो ।

   आजै पशु अन्वेषण प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा ४३ जनामा कोरोना पुष्टि भएको थियो ।

   योसंगै सुदूरपश्चिममा आज मात्र कोरोना पुष्टि हुनेको संख्या ७६ पुगेको छ । आज ७६ जना थपिए संगै सुदूरपश्चिममा संक्रमितको संख्या एक हजार २४ पुगेको छ ।

   अहिलेसम्म सबैभन्दा बढि कैलालीका दुई सय ६१, डडेल्धुरामा एक सय ८६, बैतडीमा एक सय ४२, डोटीमा एक सय ५४, कञ्चनपुरमा एक सय, अछामका ७६, बाजुराका ७२, बझाङमा २१ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ।