दार्चुलामा यार्सा संक्रन गर्ने क्रममा एक महिलाको मृत्यु
मृतकको शवलाई आइतवार घर ल्याइसकिएको छ ।
धनगढी पोष्ट
सोमबार, १७ जेठ २०७८ मा प्रकाशित
दार्चुला । दार्चुला जिल्लाो अपी हिमाल गाउँपालिका–५ की एक महिलाको यार्सागुम्बा सङ्कलन गर्ने क्रममा ज्यान गएको छ । यार्सागुम्बा सङ्कलनका लागि अपी हिमाल गाउँपालिकाको सातगङ्गा वनमा गएको बेला ४० वर्षीय चुन्धरी धामीको ज्यान गएको हो ।
यार्सागुम्बा सङ्कलनका लागि गएको वैशाखमै पाटन पुगेकी धामीको पेट दुख्ने समस्या थियो । दुई÷तीन दिनसम्म पेट दुख्न निको नभएपछि उनको ज्यान गएको आफन्तले बताएका छन् । मृतकको शवलाई आइतवार घर ल्याइसकिएको छ ।
मृतकका दुई छोरा र दुई छोरी छन् । यसअघि अपी हिमाल गाउँपालिका–४ का एक मोहनसिंह ठेकरेको पनि यार्सागुम्बा सङ्कलनका क्रममा हिउँ पहिरोमा परि ज्यान गएको थियो ।