धनगढी पोष्ट
आइतबार, ०७ असार २०७७ मा प्रकाशित
सुर्खेत
सुर्खेतमा क्वारेन्टिनबाट घर फर्किएका एक जनाको मृत्युको मृत्यु भएको छ । भेरीगंगा गाउँपालिका वडा नम्बर ५ को भरेनीमा एक युवकको आईतवार बिहान मृत्यु भएको हो ।
मृत्यु भएका युवकको स्वाब परिक्षणका लागि प्रदेश अस्पताल सुर्खेतमा पठाइएको नगर स्वास्थ्य इन्चार्ज राजेश बुढाले बताए । उनका अनुसार मृतकको स्वाब परिक्षण रिपोर्ट आएपछि मात्र दाहसंस्कारको कार्य अगाडी बढाइने छ ।
मृतक युवक छिन्चुमा रहेको शारदा माविमा रहेको क्वारेन्टिनमा १४ दिन बिताएर जेठ २९ गते घर फर्किएका थिए । उनको क्वारेन्टिनबाट घर जानु अघि आरडिटी परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । मृतक युवक जेठ १६ गते भारतवाट फर्किएका हुन ।