पछिल्लो पटक बैशाख १६ देखि शुरु भएको निषेधाज्ञा जेठ २० गतेसम्म कायम हुनेछ ।
धनगढी पोष्ट
सोमबार, १७ जेठ २०७८ मा प्रकाशित
धनगढी । एक महिनादेखि जारी रहेको निषेधाज्ञा शर्त सहित कैलाली जिल्लामा खुकुलो हुने भएको छ । निषेधाज्ञाको समय लम्बिदै र कोरोना संक्रमण दर घट्दै गएपछि निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्नेबारे प्रशासनले छलफल शुरु गरेको छ ।
निषेधाज्ञा केही परिवर्तन गर्ने बारेमा छलफल शुरु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।
‘निषेधाज्ञा केही खुकुलो गर्ने कि भन्ने कुरा भैरहेको छ ।’सूचना अधिकारी जोशीले भने, ‘तर कहिलेदेखि र कसरी गर्ने भन्ने टुंगो लागिसकेको छैन ।’
हाल पाँचौ पटक जारी भएको निषेधाज्ञाको आदेश सकिएपछि निषेधाज्ञामा केही खुकुलो बनाउन लागिएको हो । पछिल्लो पटक बैशाख १६ देखि शुरु भएको निषेधाज्ञा जेठ २० गतेसम्म कायम हुनेछ ।
सुचना अधिकारी जोशीले सम्भव त एक दुई दिनमै निषेधाज्ञााको मोडालिटीबारे टुङ्गो लाग्ने बताए ।
आर्थिक बर्षको अन्त्य नजीकै आउन थालेपछि प्रशासनले निर्माण सामाग्री ढुवानीका सवारी साधनहरु २४ घण्टा नै चलाउने अनुमती दिइसकेको छ ।
बैशाख १६ गेतदेखि हालसम्म कैलाली जिल्ला प्रशासनले पाँच पटक निषेधाज्ञाको आदेश जारी गरिसकेको छ ।