धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

टीकापुर घटनाका आरोपित रेशम र लक्ष्मणको मुद्धा फिर्ता लिन सरकार सहमत

थारु कल्याणकारिणी सभा,  थारुहाट÷थारुवान संयुक्त संघर्ष समिति र सरकारबीच बिगत लामो समयदेखि जारी वार्तामा मंगलबार छ बुदे सहमति भएको छ ।

टीकापुर घटनाका आरोपित रेशम र लक्ष्मणको मुद्धा फिर्ता लिन सरकार सहमत

धनगढी ।  सरकार टीकापुर घटनाको मुद्धामा कारागारमा रहेका  प्रतिनिधि सभा सदस्य रेशम लाल चौधरी सहित तीन जनाको मुद्धा फिर्ता लिन र रिहाईका लागि आवश्यक पहल गर्न सहमत भएको छ ।

थारु कल्याणकारिणी सभाथारुहाट÷थारुवान संयुक्त संघर्ष समिति र सरकारबीच बिगत लामो समयदेखि जारी वार्तामा मंगलबार  रेशम चौधरी, लक्ष्मण चौधरी र इन्जिनियर धनीराम चौधरीको मुद्धा फिर्ता लिन  र रिहाईका लागि कानुनसम्मत पहल गर्ने सहित  छ बुदे सहमति भएको छ । 

लामो प्रयासपछि सरकारसग टीकापुर घटनाका मुद्धा लागेका सबै व्यक्तिहरुको मुद्ध फिर्ता हुने सहमति भएको  वार्ता टोलीका सदस्य प्रभात कुमार चौधरीले बताए । सहमतिलाई तुरुन्तै कार्यान्वयनमा लैजानु पर्छ भन्ने कुरामा सरकार सहमत  छ । वार्ता टोलीका सदस्य चौधरीले भने–‘यसकालागि कार्यबिधि वा कानुन चाडै बनाउने कुरा पनि भएको छ ।

थरुहट÷थारुवान आन्दोलनकाक्रममा शहिद भइ राहत प्राप्त गर्न छुटेका परिवारलाई राहत उपलव्ध गराउने, शहिद परिवारको उचित व्यवथापन गर्ने, घाइतेहरुको उपचार गर्ने र आन्दोलनका क्रममा भएको धनजनको क्षतिको छानबीन र  मुल्याङकन गरि क्षतिपुर्ति उपलव्ध गराउने सहमतिमा उल्लेख  छ ।

 थारु भाषी बाहुल्य क्षेत्रमा प्राथमिक तहसम्मको शिक्षा मातृ भाषामा  पठन पाठनको व्यवस्था गर्ने सहमति पनि थरुहट र सरकारबीचको वार्तामा  वार्ता टोलीका सदस्य प्रभात  चौधरीले बताए ।  

सहमति पत्रमा सरकारको तर्फबाट वार्ता टोली प्रमुख कानुन, न्याय, संसदिय मामिला मन्त्री लिलानाथ, सदस्य राजन भट्टराई र भगवती चौधरीले  र थरुहट÷थारुवानको तर्फबाट  र्वााटोली प्रमुख रुक्मणी चौधरी, सदस्यहरु प्रेमीलाल चौधरी, पद्मनारायण चौधरीप्रभात चौधरी र चन्द्र प्रकाश चौधरीले हस्ताक्षर गरेका छन् ।