धनगढी पोष्ट आइतबार, ०७ बैशाख २०८२   April 20, 2025

होटल सञ्चालक बिरुद्ध मानब बेचबिखन तथा ओसारपसार मुद्दा

महिलालाई होटलमा अनैतिक क्रियाकलाप र शारीरीक सम्पर्क गर्न लगाएको आरोपमा प्रहरीले होटल सञ्चालकलाई पक्राउ गरेको हो ।

होटल सञ्चालक बिरुद्ध मानब बेचबिखन तथा ओसारपसार मुद्दा

धनगढी कैलालीको गोदावरी नगरपालिका अत्तरियाको एक होटलका सञ्चालक बिरुद्ध प्रहरीले मानव ओसारपसार तथा बेचबिखन मुद्धा दर्ता गरेको

अत्तरियाको मिट प्वाईन्ट होटलका सञ्चालक दान बहादुर साउदलाई प्रहरीले पक्राउ गरेर जिल्ला अदालत कैलालीमा मुद्धा दर्ता गरेको हो

दुई जना महिलाहरुलाई जेठ गतेदेखि १९ गतेसम्म होटलमा राखी अनैतिक क्रियाकलाप  तथा शारीरीक सम्पर्क गर्न लगाएको आरोपमा प्रहरीले साउँदलाई प्रहरीे पक्राउ गरेर मुद्धा दर्ता गरेको जिल्ला प्रहरी  कार्यालय कैलालीका सहप्रवक्ता प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरूले जानकारी दिए

जेठ २० गते मुद्धा दर्तापछि दिनको म्याद थप गरेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको