धनगढी पोष्ट
सोमबार, ०८ असार २०७७ मा प्रकाशित
धनगढी
बझाङको क्वारेन्टाइनमा १ पुरुषले आत्महत्या गरेका छन् । छबिसपाथिभेरा गाउँपालिका–७ मजखोरी माविको क्वारेन्टाइनमा बसेका सोही ठाउँका ३० वर्षीय युवकले आत्महत्या गरेका हुन् ।
वडा नम्बर ७ का अध्यक्ष पदम मण्डेललेका अनुसार ३ दिन अघि मात्र भारतको बैंग्लोरबाट पुगेर क्वारेन्टाइनमा बसेका उनले आईतबार राती झुण्डिएर आत्महत्या गरेका हुन ।
वडा अध्यक्ष मण्डेल भने –‘६ गतेदेखि उनी क्वारेन्टाइनमा बसिरहेका थिए । अचानक आइतबार राति झुण्डिएर आत्महत्या गरेको अवस्था भेटिए ।’ पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गर्न सदरमुकामबाट स्वास्थ्यकर्मीको टोली हिडेको वडाअध्यक्ष मण्डेलले जानकारी दिए ।