धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

बिद्यार्थीलाई सहुलियतपुर्ण ऋण साउन १ देखि नै  : अर्थमन्त्री पौडेल

आर्थिक वर्ष २०७८।७९ को बजेटमा समावेश गरिएको शैक्षिक ऋणसँग सम्बन्धित र अन्य सबै प्रकारका शैक्षिक कार्यक्रमहरुको प्रभावकारी कार्यान्वय हुने

बिद्यार्थीलाई सहुलियतपुर्ण ऋण साउन १ देखि नै  : अर्थमन्त्री पौडेल
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल

काठमाण्डौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शैक्षिक प्रमाणपत्र धितो राखी विद्यार्थीहरुलाई सहुलियतपुर्ण कर्जा दिने कार्यक्रम आगामी आर्थिक वर्षको सुरुवाती दिनदेखि नै कार्यान्वयनमा लैजाने बताएका छन् ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको ध्यानाकर्षण पत्र बुझ्दै अर्थमन्त्री पौडेलले सरकारले आर्थिक वर्ष २०७८।७९ को बजेटमा समावेश गरिएको शैक्षिक ऋणसँग सम्बन्धित र अन्य सबै प्रकारका शैक्षिक कार्यक्रमहरुको प्रभावकारी कार्यान्वय हुने बताए ।

चालु आर्थिक वर्षको असार मसान्तभित्रै आगामी आ.व.को बजेट कार्यान्वयनका निम्ति आवश्यक निर्देशिका लगायतका पुर्व तयारीको काम सम्पन्न गरिसक्ने भन्दै उनले आगामी आ.व.को साउन १ गतेदेखि नै बजेट कार्यान्वयन प्रक्रियालाई तिव्रता दिइने बताए ।

शैक्षिक ऋण दिने कार्यक्रम कार्यान्वयनमा कुनै दुविधा नराख्न भन्दै उनले उनले ऋण लिन चाहने विद्यार्थीले आफ्नो परियोजना बीचमा असफल नहुने गरी अनुभवी व्यक्ति र संस्थाको सहयोगमा बनाउन आग्रह पनि गरे ।

उनले भने, ‘शैक्षिक ऋणसँग सम्बन्धित वा अरु शिक्षा क्षेत्रमा जे जस्ता मौलिक कार्यक्रम अगाडि सारेका छौँ हामीले वा नियमित कार्यक्रमहरु छन्,। तिनको प्रभावकारी कार्यान्वयन हुन्छ । कुनै दुविधा, अन्यौल, अस्पष्टता नराख्नका लागि, आश्वस्त हुनका लागि आग्रह गर्न चाहन्छु ।