धनगढी पोष्ट
बिहिबार, २७ जेठ २०७८ मा प्रकाशित
धनगढी । कन्चनपुर जिल्लामा प्रहरीले लागु औषधको कारोवार गरेको आरोपमा एक होटल सञ्चालक सहित दुइृ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले भीमदत्त नगरपालिका वडा नम्बर ४ सुनदरा टोलमा रहेको बाह्रसिंगा होटल एण्ड लजका सञ्चालक भुवन साहुलाई लागु औषध सहित पक्राउ गरेको छ । लागु औषधको कारोवार भैरहेको सुचनाका आधारमा चेकजाँच गर्दा लागु साहुलाई औषध खैरो हिराइन १.४२ ग्राम सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरल जनाएको छ ।
त्यस्तै बेलौरी नगरपालिका वडा नम्बर ९ रतनपुर खजुवाका बर्ष १९ का गोपाल ठगुन्नालाई पनि प्रहरीले लागु औषध सहित पक्राउ गरेको छ । बिशेष सुराकीको आधारमा रतनपुर खजुवामा पैदल हिडिरहेका ठगुन्नालाई चेकजाच गर्दा लागु औषध खैरो हिराइन जस्तो पद्धार्थ १२ ग्राम २० मिलग्राम भेटिएपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।