धनगढी पोष्ट
सोमबार, ३१ जेठ २०७८ मा प्रकाशित
धनगढी । कोभिड १९का कारण प्रशासनले जारी गरेको निषेधाज्ञाकै बेलामा जुवा खेलिहेका पाँच जनालाई कन्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाको महेन्द्रनगरबाट प्रहरीले पक्राउ गरेको छ ।
भीमदत्त नगरपालिका वडा नम्बर ४ स्थित ४ नम्बर गल्लीमा बिनोद गुप्ताको घरमा जुवाद खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
जुवा खेलिरहेकाहरुबाट ४२ हजार नगद एक गड्डी तास समेत नियन्त्राण लिइएको जिल्ला प्रहरीकार्यालय कन्चनपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका वडा नंम्बर १८ का ६२ बर्षीय रामकृष्ण गुप्ता, बर्ष ३३ का सचिन गुप्ता, बर्ष ४५ का बिनोद गुप्ता, बर्ष ४२ का सुनिल गुप्ता र बर्ष ५५ का मुरारी गुप्ता रहेका छन् ।
पक्राउ परेकाहरुको बारेमा थप अनुसन्धन भैरहेको प्रहरीले जनाएको छ ।