धनगढी पोष्ट
मङ्गलबार, ०१ असार २०७८ मा प्रकाशित
बैतडी । बर्षाका कारण पहिरो खसेपछि बझाङलाई जोड्ने जयपृथ्वी राजमार्ग सोमबार रातिदेखि अवरुद्ध भएको छ । जयपृथ्बी राजमार्गमा पर्ने ढोल्यामोडबार करिब ५ शय मीटर अगाडी पहिरो खसेकोले राजमार्ग अवरुद्ध भएको हो ।
राति पहिरो खसेपछि सामान बोकेर गएका सवारी साधनहरु बाटोमै अड्किएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
सडक खुलाउनका लागि समन्वय भईसकेको र पानी परिरहेकाले पहिरो पन्छ्याउन समस्या भईरहेको प्रहरीले जनाएको छ ।