धनगढी पोष्ट मङ्गलबार, २९ पुष २०८२   January 13, 2026

छोरीको बलात्कारपछि हत्याको आरोपमा बाबु पक्राउ

बुवाले जेठ २७ गते भैँसी गोठमा लगी जवरजस्ती करणी गरेर भैँसी गोठमा नै झुण्डाई हत्या गरेको प्रहरीले जनाएको छ ।

छोरीको बलात्कारपछि हत्याको आरोपमा बाबु पक्राउ

धनगढी आफ्नै छोरीको बलात्कार पछि  हत्या गरेको आरोपमा प्रहरीले कैलालीमा  एक जनालाई पक्राउ गरेको

लम्कीचुहा नगरपालिका वडा नम्बर  की १० वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा उनका ५१ वर्षीय बुवालाई प्रहरीले जेठ ३० गते  पक्राउ गरेको हो

भैसी गोठमा मृत अवस्थामा भेटिएकी भनिएकी बालिकाको घरपरिवारले दाहसंस्कार गर्ने तयारी गरिरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले घटनास्थल शव जाँच लगायतको कार्य पुरा गरी शव पोष्टमार्टम तथा यौनजन्य परिक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाएपछि बलात्कारपछि हत्याको पुष्टि भएको  जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको

बुवाले जेठ २७ गते भैँसी गोठमा लगी जवरजस्ती करणी गरेर भैँसी गोठमा नै झुण्डाई हत्या गरेको प्रहरीले जनाएको बलात्कारको घटना लुकाउन आत्महत्या गरेको जस्तो देखाउन खोजिएको प्रहरीले जनाएको

ती बुवालाई ज्यान सम्वन्धी कसुर (कर्तव्य ज्यान) शीर्षकमा कैलाली जिल्ला अदालतमा मुद्धा दर्ता गरि म्याद थप गरिसकिएको