धनगढी पोष्ट मङ्गलबार, २९ पुष २०८२   January 13, 2026

बबइ नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

जल तथा मौसम कार्यालय कोहलपुरले बिहीबार दिउँसो सूचना जारी गर्दै बबई नदीमा तत्काल ठुलो खतरा नदेखिए पनि रातिसम्म सतर्कता अपनाउन अनुरोध गरेको हो ।

बबइ नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाण्डौं । जल तथा मौसम विज्ञान विभागले बर्दियाको बबई नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई आज रातिसम्म सतर्कता अपनाउन आग्रह गरेको छ । 

जल तथा मौसम कार्यालय कोहलपुरले बिहीबार दिउँसो सूचना जारी गर्दै बबई नदीमा तत्काल ठुलो खतरा नदेखिए पनि रातिसम्म सतर्कता अपनाउन अनुरोध गरेको हो ।

बबई नदीको चेपाङ बर्दियाको बाढीमापन केन्द्रमा जलसतह सतर्कता तह पारे गरेको र बढ्दै गरेको, तत्काल ठुलो खतरा नदेखिएको भएता पनि बबई तटीय क्षेत्रमा हुनेहरुले रातिसम्मै सतर्कता अपनाउन अनुरोध छ । जलमौसम शाखा कोहलपुरले जारी गरेको सूचनामा भनिएको छ ।