धनगढी पोष्ट शुक्रबार, १८ पुष २०८२   January 2, 2026

पहिरोमा पुरिएर दुई बालबालिकाको मृत्यु

बाख्रा चराउन जंगलमा गएकाबृला पानी परेपछि ओत लाग्न बसेको ओडारमा पहिरो खसेको हो ।

पहिरोमा पुरिएर दुई बालबालिकाको मृत्यु

धनगढी   डोटीको दिपायल नगरपालिकामा दुई बालकालिकाको पहिरोमा परेर ज्यान गएको पानी परेपछि ओत लाग्न गएका बेला पहिरोमा पुरिएर बिहीबार डोटीको दिपायल नगरपालिका चिसापानीका दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दान बहादुर मल्लले बताए 

प्रहरीका अनुसार पहिरोमा पुरिएर मृत्यु हुनेमा वर्षीय विनोद भण्डारी ११ वर्षीया जेनिषा विष्ट रहेका छन्

उनीहरु बाख्रा चराउन जंगलमा गएका थिए पानी परेपछि ओत लाग्न ओडारमा बसेका हुन्    स्थानीयको सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरीले पहिरो हटाउदा उनीहरु मृत फेला परेको थिए

केआईसिंह गाउँपालिकाका ६० वर्षीय खडक बहादुर वमको पनि बुधबार पहिरोमा परेर ज्यान गएको थियो