धनगढी पोष्ट
आइतबार, ०६ असार २०७८ मा प्रकाशित
धनगढी । कन्चनपुर जिल्लाको दोधारा चादनी नगरपालिकाबाट प्रहरीले लागु औषध अफिमको चोप सहित एक जना भारतीयलाई पक्राउ गरेको छ ।
आइतबार बिहान करिब पौने दश बजे दोधारा चादनी नगरपालिका वडा नम्बर ८ सुन्दरनगर पुल नजीकै शंका लागि चेकजाच गर्दा लागु औषध अफिमको चाप २८ ग्राम सहित भारतीय नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति भारतको उत्तराखण्डको उद्यमसिंङनगर जिल्लाको खटिमाका अन्दाजी २१ बर्षीय आसिप खान रहेका छन् ।
पक्राउ गरिएको खानको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।