धनगढी पोष्ट
बुधबार, ०९ असार २०७८ मा प्रकाशित
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असार १७ गतेदेखि आन्तरिक हवाइ उडान सञ्चालन गर्न आवश्यक तयारी थाल्ने नेपाल नागरिक उड्ड्यन प्राधिकरणलाई पत्राचार गरेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गरेर मन्त्रालयले आवश्यक तयारी थाल्ने भनेको प्राधिकरणका प्रवक्ता राजकुमार खत्रीले जानकारी दिए ।
विभिन्न वायुसेवा कम्पनीहरुलाई दुईतफी उडान स्वीकृति प्रदान गर्न र अको आदेश जारी नभएसम्म असार १७ बाट कुल उडान संख्याको ५० प्रतिशत नबढ्ने गरी आन्तरिक उडान सञ्चालन गर्ने व्यवस्था मिलाउन मन्त्रालयले प्राधिकरणलाई भनेको छ ।
आन्तरिक उडानका लागि तोकिएका गन्तव्यहरुको विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सुझाव समेतको राय प्राप्त भएपछि पत्राचार गरिने पर्यटन मन्त्रालयले प्राधिकरणलाई पठाएको पत्रमा भनिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय उडान सञ्चालनको व्यवस्था मिलाउने जिम्मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिएको थियो ।
अन्तर्राष्ट्रिय उडानको हकमा खाडी मुलुकलाई भने त्यति प्राथमिकता दिइएको छैन । खाडी मुलुकमा काम गर्ने नेपालीहरुले धेरै दुःख पाइरहेको बेला त्यहाँ धेरै उडान गर्नुपर्ने ठाउँमा सरकारले त्यसतर्फ ध्यान दिएको छैन ।
अन्तर्राष्ट्रिय उडान कुन कुन गन्तव्यमा गर्ने भन्ने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पर्यटन मन्त्रालयलाई पत्राचार गरेपछि मात्र गन्तव्य तोकिने छ ।