धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

अवैध सुन कारोवार गरेको आरोपमा सुनचाँदी व्यवसायी सहित ३ जना पक्राउ

अवैध सुन कारोवार गरेको आरोपमा सुनचाँदी व्यवसायी सहित ३ जना पक्राउ

धनगढी

अवैध सुन कारोवार गरेको आरोपमा कैलालीबाट सुनचाँदी व्यवसायी सहित ३ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी चौराहमा सुनचाँदी व्यवसाय गर्दै आएका ओम शिवशक्ति सुनचाँदी गहना पशलका सञ्चालक सचिन सोव सहित धनगढी३ का दिपेन्द्र विक र गोदावरी नगरपालिका बस्ने डडेल्धुराको अमरगढी नगरपालिका५ का सुरज घताने पक्राउ परेका छन् ।

 उनिहरुबाट १ सय ८७ ग्राम १ सय ८० मिलिग्राम सुन, नगद ४ हजार र १० लाखको बैंक भौचर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए ।

 विष्टका अनुसार धनगढी४ उत्तरवेहडी घर भइ धनगढी चौराहा स्थित ओम शिवशक्ति सुनचाँदी गहना पशलका सञ्चालन गर्दै आएका ४२ बर्षिय सचिन सोवले सुनको अवैध कारोवार गरिरहेको आसंकामा सुदूरपपिश्चम प्रदेश प्रहरी कार्यालय धनगढी, अपराध अनुसन्धान समुह र इलाका प्रहरी कार्यालय मालाखेतीले संयुक्त अनुसन्धान अनुसन्धान थालेको थियो ।

 त्यसैक्रममा डडेल्धुराको अमरगढी नगरपालिका५ का ३० बर्षिया सुरज घताने अत्तरियाबाट लाई पक्राउ परेका हुन् । घतानेबाट १ सय २० ग्राम सुन र ४ हजार नगद बरामद गरिएको थियो । घताने माथी थप अनुसन्धान गर्दै जाँदा  धनगढी४ का ४२ बर्षिया सचिन सोप र धनगढी ३ का ४० बर्षिय दिपेन्द्र विक विच अवैध सुन कारोवार हुने गरेको पाइउको निमित्त प्रहरी प्रमुख विष्टले बताए ।

 निमित्त प्रहरी प्रमुख विष्टका अनुसार सुनचाँदी व्यवसायी सचिन सोपले अर्का युवक दिपेन्द्र विकबाट १० लाखमा सुन खरिद गरेका छन् । तर उत्त, सुनको वैधता भने खुलेको छैन । उनिहरुले सुन कारोवार गरेको बैंकको भौचर समेत बरामद भएको निमित्त प्रहरी प्रम्ख प्रहरी नायव उपरिक्षक विष्टले बताए ।

 पक्राउ परेका तीनै जनालाई थप कारवाहीका लागि राजस्व अनुसनधान कार्यालय कोहलपुर बााकेमा पठाइएको छ ।