धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

कोभिट–१९ पछि नागरिकमा परेको असर बारे छलफल

कोभिट–१९  पछि  नागरिकमा परेको असर बारे छलफल

धनगढी

विश्वव्यापि रुपमा फैलिएको कोभिड१९ संक्रमण रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण सिमानतकृत समुदायलाई छाकटार्न धौधौ भइरहँदा स्थानीय सरकार मौन बसेको आरोप सरोकारवावाले लगाएका छन् ।

 दलित महिला संघ फेडोद्वारा आयोजित विपन्न महिला तथा सिमान्तकृत महिलालाई परेको असर विषयक वृहत भर्चुअल छलफल कार्यक्रममा सहभागि सरोकार वालाले निषेधाज्ञाका कारण रोजगारी गमाउँदा विपन्न तथा सिमान्तकृत समुदायका नागरिकले पिडा सहेर बस्न बाध्य भएपनि सरकारले वेवास्ता गरेको आरोप लगाएका थिए ।

 शिक्षक तथा साहित्यकार गणेश नेपालीले अनौपचारीक क्षेत्रमा काम गर्ने मज्दुरलाई कोरोनाका कारण बढी समस्या भएको बताए । उनले दलित समुदायमा बढी अनौपचारिक क्षेत्रमा काम गर्ने मज्दुर भएका भनदै उनिहरुको रोजगारी गुम्दा भोकमरी लगायत शिक्षा आर्जन, औषधी उपचारमा समेत समस्या भएको बताए । रोजगारी गुमाउनु पर्दा दलित तथा सिमान्तकृत समुदायका नागरिकको विचल्ली भएको छ उनले भने–‘तर सथानीय तहलाई कुनै वास्ता छैन ।

 फेडो कैलालीकी सदस्य रमा बादीले कुरामा मात्रै नभएर दलित समुदायलाई सहयोग गर्न आग्रह गरिन् । कोरोनका कारण आर्थिक समस्या हुँदा आत्महत्याका घटना बढ्न थालेका छन् उनले भनिन्–‘यस विचमा घरेलु हिंसा समेत बढेको छ, यसमा पनि फेडोको ध्यान जानु आवश्यक छ । उनले स्थानीय तहले ल्याएको बजेटमा पनि दलित समुदायलाई उपेक्षा गरिएको बताइन् ।

 एनएनडिएस डब्लुओका केन्द्रिय बरिष्ठ उपाध्यक्ष मनिराम देवलले स्थानीय तहलाई दलितका सवालमा गम्भिर हुन आग्रह गरे । नागरिकको सुरक्षा, गाँसवास र कपासको व्यवस्थापन गर्ने जिम्मा स्थानीय सरकारको हो उनले भने–‘त्यसैले यस विषयमा स्थानीय सरकार बढी जिम्मेवार हुनुपर्दछ ।

 लम्कीचुहा नगरपालिका कार्यपालिका दयाराम टमाटाले भने कोभिड बाट दलित समुदाय सवैभन्दा बढी मारमा परेको स्वीकारे । उनले विपन्न दलित परिवारलाई आर्थिक सहयोग गर्न नगरपालिकाले विमा कार्यक्रम सञ्चालन गर्ने तयारीय गरिरहेको बताए ।

 एनएनडिएस डब्लुओ कैलाली सल्लाहकार संयोजक छत्रबहादुर टेलरले दलित तथा सिमान्तकृत समुदायका लागि राज्य भएको अनुभुति नभएको गुनासो गरे ।

 गाउँगाउँबाट धेरै नागरिकले समस्या त्यस्र्याैउँदै मलाई समेत फोन गर्ने गरेका छन्–‘उनले भने–‘हामीले के भन्ने, तीनै तहका सरकार मौन बसेपछि ? सरकारमा दलित प्रतिनिधी पठाएपनि उनिहरुले समेत सिमान्तकृत समुदायलाई फर्केर नहेरेको उनको आरोप छ । उनले विभिन्न मुलुकमा कोरोनाको तेश्रो लहर फैलिरहँदा नेपालमा अझै त्यसको तयारी नहुनु दुखःदभएको बताए ।

 फेडो कैलालीका संयोजक बिनोद घिमिरेले दोश्रो लहरमा व्यवस्थापन झनै फितलो हुँदा नागरिकले दुःख पाएको बताए । उनले तीनै तहका सरकार विच समन्वय नहुँदा भएका साधन श्रोतको समेत सहि परिचालन हुन नसकेको बताए । तीनै तहका सरकारको प्रयाप्त समन्वयन नभएका कारण विपन्न दलित समुदायले कोरोनाको दोश्रोलहरमा बढी दुःख पाउनुपरेको उनले बताए ।

 दलित महिला संघ (फेडो) कैलालीको आयोजनामा सञ्चालन भएको कार्यक्रममा यूएन ओम्यान नेपालले आर्थिक सहयोग गरेको थियो ।

 फेडो कैलालीकी अध्यक्ष सविना सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला अधिकार कर्मी गोमा आचार्य र फाया नेपाल कैलालीका कार्यक्रम संयोक सचितानन्द जोशीले कार्यपत्र प्रस्तुत गरेका थिए । वृहत राहत सहयोग कार्यक्रमकी टिम डिलटर, लक्ष्मी नौपानेले सञ्चालन गरेको कार्यक्रम सञ्चालन फेडोका फोकल पर्सन शुरेश विश्वकर्माले गरेका थिए ।