धनगढी
आफ्ना केही माग लिएर मुख्य सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउन आएका बादी समुदायका दुई समुह विच मुख्यमन्त्री कार्यालयकै अगाडी झडप भएको छ ।
आइतबार विहान बादी उत्थान समितिकी अध्यक्ष रमा बादी नेतृत्व र मिठु बादी नेतृत्वको दुई समुह छुट्टाछुट्टै मुख्य मन्त्रीलाई ज्ञापनपत्र बुझाउ आएका थिए ।
रमा बादी नेतृत्वको समुहले मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएर फर्कने क्रममा मुख्यमन्त्री कार्यालय अगाडी मिठु बादी नेतृत्वको समुहपनि पुगेको थियो । दुवै समुह विच आर्थिक हिनामिना तथा आधिकारिकताका विषयमा भएको भनाभन पछि हात हालाहाल हुने अवस्था आएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रतिक विष्टले बताए ।
हात हालाहालको स्थिती आएपछि दुवै समुहलाई प्रहरीले नियन्त्रणमा लगेको प्रबक्ता विष्टले बताए । उनका अनुसार अहिले दुवै समुह विच जिल्ला प्रहरी कार्यालयमा छलफल भइरहेको छ ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि भन्दै बादी समुदायको नागरिकहरूको लागि ३ करोड रकम छुट्याएको छ । मिठु बादी समुहले आफूलाई मुख्यमन्त्रीसँग भेट गर्न नदिएको आरोप लगाएका छन् ।