धनगढी पोष्ट
मङ्गलबार, ०९ असार २०७७ मा प्रकाशित
सुर्खेतमा रहेको प्रदेश अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मंगलबार मृत्यु भएको छ ।
प्रदेश अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचारत दैलेख दुल्लु नगरपालिका–३ का ४५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले जानकारी दिए ।
कोरोना संक्रमण पुष्टि भएपछि असार ४ गते प्रदेश अस्पतालमा भर्ना भएका थिए । उनको अवस्था गम्भीर भएकोले सिधैं आईसीयूमा राखेर उपचार गरिए पनि मंगलबार मृत्यु भएको डाक्टर पौडेलले बताए । मृतकले लामो समयदेखि क्षयरोगको उपचार गराइरहेका पारिवारीक स्रोतले बताएको छ ।