धनगढी पोष्ट
सोमबार, ०४ साउन २०७८ मा प्रकाशित
धनगढी
सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक बर्ष २०७७÷०७८ मा ६६ दशलव १७ प्रतिशत बजेट खर्च गरेको छ ।
प्रदेश कोष तथा नियन्त्रण कार्यालय धनगढीका अनुसार प्रदेश सरकारले आर्थिक बर्ष २०७७÷०८७ मा चालु तर्फ १० असर ४९ करोड १५ लाख बजेट खर्च गरेको हो ।
कोलेनिका कानुसार प्रदेश सरकारले चालु तथा पूजिगत गरी अषाढ मसान्तमा मात्रै १ महिनामा करिव १० अरबे बजेट खर्च गरेको छ । असाढे बजेट खर्च गर्ने परिपार्टीलाई निरन्तरता दिंदै प्रदेश सरकारले यस बर्ष पनि असाढ मसान्तमा मात्रै झण्डै आधा बजेट खर्च गरेको हो ।
प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय धनगढीका अनुसार गत आर्थिक वर्ष २०७७÷०७८ को अन्तिम असार महिनामा मात्र प्रदेश सरकारले ९ अर्व ८० करोड बजेट खर्च गरेको छ ।
प्रदेश सरकाले ९ महिनाको अवधीमा १३ अर्ब ४२ करोड रकम खर्च गरेको कोलेनिकाले जनाएको छ । चालु तर्फ प्रदेश सरकारले हाल सम्म १० अर्ब ४९ करोड १५ लाख अर्थात् ६४ दशमलव १५ प्रतिशत खर्च गरेको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख वासुदेव जोसिले बताए ।
पुजीगत तर्फ १२ अर्ब ६९ करोड ९५ लाख अर्थात् ६९ दशमलव ८९ प्रतिशत बजेट मात्रै खर्च भएको जोशिले जानकारी दिए । उनका अनुसार सरकारले असाढमा धेरै खर्च गरेको छ । प्रदेश सरकारले जम्मा बजेटको ६६ दशमलव १७ प्रतिशत मात्रै बजेट खर्च गर्न सकेको छ ।
प्रदेश कोलेनिका काअनुसार प्रदेश सरकार अन्तर्गत भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले सबै भन्दा धेरै ७८ दशमलव ६५ प्रतिशत बजेट खर्च गरेको छ ।
सबै भन्दा कम अर्थ मन्त्रालयको ३ दशमलव ७० प्रतिशत खर्च गरेको छ । प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले ७६ दशमलव ७५ प्रतिशत बजेट खर्च गरेको छ ।