धनगढी पोष्ट शनिबार, ०५ बैशाख २०८३   April 18, 2026

कैलालीमा अब लामो दुरीका सवारीसाधन चलाउन पाइने

कैलालीमा अब लामो दुरीका सवारीसाधन चलाउन पाइने

धनगढी
करिव साढे महिना देखी बन्द रहेका लामो तथा मध्यम दुरीका सवारी साधन अव कैलालीमा सञ्चालन गर्न पाइने भएको छ । 
कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै गत बैशाख १६ गते देखी सवारी सञ्चालनमा रोक लगाइएको थियो । मंगलबार कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले जनस्वास्थ्यका मापदण्डको पूर्ण रुपमा पालना गरेर जिल्लामा लामो तथा छोटो दुरीका सवारीसाधन सञ्चालन गर्न सकिने जनाएका हुन् ।
त्रिभुुवन विश्वविद्यालय, लोक सेवा आयोग लगायतका निकायबाट परीक्षाको कार्यक्रम सार्वजनिक भएकाले परीक्षार्थीहरुको आवागमनलाई दृष्टिगत गरेर सवारीसाधन सञ्चालनको व्यवस्था गरिएको प्रशासनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गर्न स्थानीय प्रशासनले सम्पूर्णमा अनुरोध गरेको छ ।