धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सेती अस्पतालमा कोरोना परीक्षणमा ढिलाई हुँदा डायलासिस गर्न नपाएर एक पुरुषको मृत्यु

धनगढी

   सेती प्रादेशिक अस्पताल डायलासिसमा ढिलाई हुँदा एक पुरुषको मृत्यु भएको छ । बैतडीको मेलौली नगरपालिका वडा नम्वर ३ का ४७ बर्षीय पुरुषको मंगलबार राती मृत्यु भएको हो ।

  ‘सेती अस्पताल ल्याएपछि डायलासिस गराउनका चिकित्सकहरुले सुझाव दिएका थिए, मृतकका आफन्तले भने– ‘कोरोना परीक्षण नहुँदा सम्म डायलासिस गर्न मिल्दैन भने तर तीन दिनसम्म कोरोना परीक्षण नै भएन मंगलवार राति मृत्यु भएको छ ।

  सेती प्रादेशिक अस्पतालका अनुसार मंगलवार साँझ भने कोरोना परीक्षणका लागि स्वाब संकलन गरीएको थियो । सेती अस्पतालमा डायलासिस वार्ड सञ्चालन गर्दै आएको बिरगं हेल्थ केयरका व्यवस्थापक दीपक भट्टले भने डायलासिस गराउन पर्ने जानकारी मंगलवार मात्रै आएको बताए ।

   ‘भारतबाट आएका व्यक्तिसंग पनि सम्पर्क भएको देखिएकाले पीसीआर जाँच गराउन भनेका हौ सेती प्रादेशिक अस्पतालका डाक्टर शेरवहादुर कमरले भने–‘अस्पतालमा ल्याएपछि सुरुवातदेखि नै डायलासिस गराउन आग्रह गरीएको हो ।