धनगढी पोष्ट
बुधबार, १० असार २०७७ मा प्रकाशित
धनगढी
सुदूरपश्चिम प्रदेश सभाको आजको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राजपाको अवरोधपछि सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित भएको गरिएको हो ।
आज बिहान ८ बजे शुरु भएको बैठकमा शुरु हुने बित्तिकै प्रतिपक्ष दलहरुले अबरोध गरेका थिए । अबरोधपछि प्रतिपक्ष दलका तर्फबाट नेपाली काँग्रेस संसदिय दलका नेता रणबहादुर रावलले आफ्ना कुरा राखेर लगातार अबरोध गरेपछि आजको बैठक स्थगित गरिएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारले कोरोना नियन्त्रणमा काम गर्न नसकेकाले बुधबारको प्रदेश सभा बैठक अबरोध गरिएको नेपाली काँग्रेस संसदिय दलका नेता रणबहादुर रावलले बताए ।
उनले कोरोना पोजेटिभ देखिएकालाई पनि निको नहुदै घर पठाउने, पिसीआर परिक्षण बढाउन माग गर्दा पनि ब्यवास्ता गरेको लगायत धेरै कुराहरु अस्तब्यबस्त रहेको बताए । उनले भने–‘पहिलो माग कोरोना ब्यबस्थापनमा प्रदेश सरकार गम्भिर बनोस, संग संगै प्रदेश सरकार शुसासन ऐन बमोजिम चलोस भन्ने हाम्रो माग हो ।’
प्रदेश सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका नाममा करोडौं रकम खर्च गरेपनि संक्रमण रोक्न नसकेको र परिक्षणको दायरा वढाउन नसकेको रावलको आरोप छ । प्रतिपक्षको अवरोधपछि प्रदेश सभा बैठक असार १२ गते विहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ ।