धनगढी पोष्ट बुधबार, २५ भदौ २०८२   September 10, 2025
फेडोको २८ औं स्थापना दिवस

कानून कार्यान्वयनमा जोड

कानून कार्यान्वयनमा जोड

धनगढी

विद्यमान जातीय छुवाछुत अन्त्यका बनेका कानूनको प्रभावकारी कार्यान्वयन गर्न सरोकारवालाले जोड दिएका छन् ।

दलित महिला संघ (फेडो) को २८ औं स्थापना दिवसका अवसरमा मंगलबार आयोजित भर्चुअल शुभकामना आदान पर्दान कार्यक्रममा सहभागि वक्ताहरुले कानून धेरै बनेपनि कार्यन्वयन नहुँदा समस्या भएको बताएका थिए ।

नेकपा माओबादी केन्द्रका नेता राम कार्कीले कानून मात्रै बन्ने र त्यसको कार्यान्वयन नहुने समस्यका कारण जातीय छुवाछुत हट्न नसकेको बताए । उनले अहिले पनि ब्राह्मण बाद, जडसुत्र बाद र पुरुषत्व बादमा टेकेर कानून बन्ने गरेको भन्दै त्यसरी बन्ने कानूनले विभेद अन्त्य गर्न नसक्ने बताए ।

पहिले पेशाका आधारमा विभेद गरिएको भन्ने थियो उनले भनेअहिले पेशा भन्दा पनि जातीका आधारमा विभेद भएको छ, बाहुनले जुत्ता बनाउँदा सम्मान पाइन्छ, दलितले बनाउँदा विभेद ।

फेडोकी संस्थापक अध्यक्ष दुर्गा सोवले विशेष प्रस्तुती दिएकी थिइन् । कार्यक्रममा राजेन्द्र महर्जनले कार्यपत्र प्रस्तुत गरेका थिए भने जसपा नेता प्रसान्त सिंहले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

फेडोकी महाँसचिव सिजापतिले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष कला स्वर्णलेकारले कार्यक्रम माथी प्रकाश पारेकि थिइन् । अध्यक्ष कला स्वर्णकारको अध्यक्षतामा सम्पन्न कार्यक्रम समापन फेडोकी उपाध्यक्ष शान्ति पास्वानले गरिन् ।