धनगढी पोष्ट
बिहिबार, ११ असार २०७७ मा प्रकाशित
धनगढी
सुदूरपश्चिमका मात्र दुई जिल्ला र बाँकी अन्य जिल्लाको संक्रमितको संख्या झण्डै बराबरी रहेको छ ।
नौ जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा तराईका दुई जिल्ला कैलाली र कंचनपुरमा पुष्टि भएको संक्रमितको संख्या र बाँकी अन्य ७ जिल्लाको संक्रमित संख्या लगभग बराबरी रहेको छ ।
प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार सम्म सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय ३२ जनामा संक्रमण पसष्टि भएको छ । जसमा कैलाली र कंचनपुर मात्र ७ सय १६ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयको तथ्यांक अनुसार बुधबार सम्म सबैभन्दा बढी कैलालीमा ५ सय १४ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी कंचनपुरमा २ सय २ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
बाँकी अन्य पहाडी जिल्लामा सबै भन्दा बढी डडेल्धुरामा २ सय ६ जनामा संक्रमण पुष्टि भएको छ । बुधबार सम्म डोटीमा १ सय ९० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बैतडीमा १ सय ७६ जना, बाजुरामा ९९ जना, अछाममा ९२ जना, बझाङमा ४० जना र दार्चुलामा १३ जनामा संक्रमण पुष्टि भएको उल्ल्ेख छ । बिभिन्न जिल्लाका गरि १ सय ३४ जना बिभिन्न अस्पातलको आईसोलेसन कक्षमा उपचाररत रहेको मन्त्रालयले उल्लेख गरेको छ ।
हाल सम्म पुष्टि भएका मध्य पाँच जनाको मृत्यु भईसकेको छ भने एक सय ७६ जना निको भएर घर फर्किसकेका छन् । अझै सुदूरपश्चिमका ९ जिल्लाबाट संकलन गरीएका सात हजार चार सय २१ जनाको स्वावको नतिजा आउन भने बाँकी नै रहेको छ ।