धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

भायानेटका १७ कर्मचारीद्वारा रत्तदान

भायानेटका १७ कर्मचारीद्वारा रत्तदान

धनगढी । अन्तराष्ट्रिय युवा दिवस २०२१ का अवसरमा सुदुरपश्चिम प्रदेश युवा पारिषदद्वारा आयोजित रत्तदान कार्यक्रममा भायानेट कम्युनिकेसन प्रालि धनगढीका १७ जनाले रत्तदान गरेका छन् ।

बिहीबार युवा परिषदद्वारा धनगढी स्थित चौलानी डिपार्टमेन्टल स्टोरको पार्कीङ क्षेत्रमा रत्तदान कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा ऐकिबद्धता जनाउदै भायानेटमा कार्यरत १७ जना युवाले रत्तदान गरेका हुन् । 

‘इन्टर्नेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशन प्रा लि धनगढी शाखाले धनगढिमा आयोजित हरेक कार्यक्रममा आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै आएको छ भायानेट धनगढीका आइवियु सेल्स एक्जिक्यूटिभ अशोक राज उपाध्याययले भने–‘कोरोना भाईरसले निम्त्याएको यस विषम परिस्थितिमा रगतको अभाव नहोस् भन्ने हेतुले रक्तदान गरिएको हो ।’ 

रत्तदानमा सहभागि १७ जनालाई युवा परिषदले प्रमाणपत्र समेत उपलब्ध गराएको थियो । सो कार्यक्रममा भायानेट संगै विभिन्न क्षेत्रमा आबद्ध १ सय २५ जना युवाले रत्तदान गरेका थिए ।