धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

सुदूरपश्चिममा थपिए १ सय १८ नयाँ संक्रमित

धनगढी

     पछिल्लो २४ घण्टाको अवधीमा सुदूरपश्चिम प्रदेशमा थप   एक सय १८ जनामा कोरोना पुष्टि भएको छ ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, सुर्खेतको प्रादेशिक अस्पताल सुर्खेतको प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा २४ घण्टामा एक सय १८ जनामा कोरोना पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले दिएको जानकारी अनुसार २४ घण्टामा सवैभन्दा बढि कञ्चनपुरमा ६०, बझाङमा १८, अछाममा १३, डडेल्धुरामा १२, बाजुरामा ८, तथा कैलाली र बैतडीका तीन÷तीन जना र दार्चुलाका एक जनामा कोरोना पुष्टि भएको हो ।

      मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कञ्चनपुरका ११ महिला र ४८ पुरुष गरी ५९ जना, अछामका चार महिला र नौँ पुरुष गरी १३ जना, बैतडीका एक पुरुष, बझाङका तीन महिला र १३ पुरुष गरी १६ जना, बाजुराका दुई महिला र दुई पुरुष गरी चार जना, डडेल्धुराका एक महिला र ११ पुरुष गरी १२ जना र कैलालीका दुई पुरुषमा कोरोना पुष्टि भएको हो ।

   यस्तै कर्णाली प्रदेश स्थित सुर्खेत प्रादेशिक अस्पतालको प्रयोगशाला भएको परीक्षणमा बझाङका दुई जना, बैतडी, दार्चुला र कैलालीका एकरएक जनामा कोरोना पुष्टि भएको छ ।

       कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा जुम्लामा भएको परीक्षणमा बाजुराका चार पुरुष, बैतडी र कञ्चनपुरका एक÷एक पुरुषमा कोरोना पुष्टि भएको प्रवक्ता गौतमले   बताए । यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या एक हजार ६ सय ६७ पुगेको छ ।