धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

कैलाली प्रहरीले थाल्यो ‘तपाईंको मास्क खोइ ?’ अभियान

कैलाली प्रहरीले थाल्यो ‘तपाईंको मास्क खोइ ?’ अभियान

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले तपाईको मास्क खोई < अभियान सञ्चालन गरेको छ ।

कोरोना संक्रमणको तेश्रो लहर सुरु भएको भन्दै प्रहरीले सवै नागरिकलाई मास्क अनिवार्य गराउने उश्यले अभियान सुचारु गरेको जनाएको छ । पछिल्लो समय संक्रमणदर बढ्नथालेको छ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्ष विश्व अधिकारीले भने–‘तर नागरिकले मास्क लगाउन छाडेका छन्, अव मास्क अनिवार्य गराउने हाम्रो उद्देश्यहो ।

अभियान उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले कोरोना संक्रमणबाट बच्न मास्क अनिवार्य लगाउन नागरिकलाई आग्रह गरेका छन् ।

अहिले प्रहरीका लागि मात्रै मास्क लगाइदिए जस्तो भएको छ मन्त्री खड्काले भने–‘मास्क प्रहरी वा अरु कसैका लागि लगाउनुभन्दा पनि रोगबाट बच्न मास्क अनिवार्य छ । उनले कैलाली प्रहरीले थालेको अभियान प्रदेशभर लागु गरिने बताए ।

धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले कडाईका साथ अभियान लागु गर्न आग्रह गरे । उनले अटेरी गर्नेलाई नियम अनुसार कारवाही गर्न पनि आग्रह गरे ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक विश्व अधिकारीले अभियानलाई कडाईका साथ लागु गर्ने बताए । उनले ड्युटिमा बसेका प्रहरीको घाँटीमा अभियानको कार्ड राखिने र मासक नलगाई हिड्ने जोकोहीलाई एक सय सम्म जरिवाना गरिने बताए ।

अभियान सुरु भएसँगै बजार क्षेत्रमा मास्क नलगाएर आवतजावत गरिरहेका सर्वसाधारणलाई ५ सय थान मास्कसमेत वितरण गरिएको छ ।