धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

सुर्खेतमा आत्महत्या गरेका युवामा कोरोना पोजेटिभ

सुर्खेत

     आत्महत्या गरेका दैलेखका एक युवाको कोरोना परीक्षणको नतिजा पोजेटिभ आएको छ । दुल्लु नगरपालिका१० छुवालाका २१ वर्षीय युवाको प्रदेश अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा बिहीबार पिसिआर परीक्षण गरिएको थियो ।

    जेठ ११ गते भारतबाट आएका उनलाई १४ दिन क्वारेन्टिनको बसाइँपछि आरडिटी परीक्षणको नतिजा नेगेटिभ आएपछि घर पठाइएको थियो । दुल्लुका नगर प्रमुख घनश्याम भण्डारीले शव व्यवस्थापनका लागि नेपाली सेनासँग समन्वय गरिरहेको बताए ।

    प्रदेश अस्पताल सुर्खेतमा कार्यरत चिकित्सक सहित नौ स्वास्थ्यकर्मीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि अस्पतालले आकस्मिक बाहेकका सेवा बन्द गरेको छ ।

    अस्पतालले बिहीबार साँझ विज्ञप्ति मार्फत सेवाग्राहीको सुरक्षालाई मध्यनजर गर्दै आकस्मिक बाहेकका सेवा बन्द गरेको जनाएको छ । अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काका अनुसार पिसिआर विधिबाट गरिएको परीक्षणका क्रममा विशेषज्ञ चिकित्सक सहित प्रयोगशाला, एक्सरे फाँटमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको हो ।