धनगढी पोष्ट
मङ्गलबार, ०८ भदौ २०७८ मा प्रकाशित
धनगढी । लायनक्लब अफ धनगढीले धनगढीमा कोरोना संक्रमणबाट बच्ने उपाय तथा रोकथाम सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।
तीन दिन सम्म सञ्चालन हुने कार्यक्रम अन्तरगत पहिलोदिन (मंगलबार) धनगढी चौराहा स्थित विद्युतिय रिक्सा व्यवसायीलाई कोरोना सम्बन्धी जानकारी गराई मास्क वितरण गरिएको कार्यक्रमका संयोजक सगुन घिमिरेले बताए । क्लबकी अध्यक्ष शारदा शर्माको अध्यक्षतमा सञ्चालन भएको कार्यक्रममा लायोनक्लबका डिस्ट्रिक एक्जीक्युटिभ चिफ बिष्णु बुर्लाकोटीको प्रमुख आतिथी रहेका थिए ।