धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

सुदूरपश्चिममा २४ घण्टामा थपिए २ सय १९ संक्रमित

धनगढी,
 सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा दुई सय १९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।  योसंगै सुदूरपश्चिममा संक्रमितको संख्या एक हजार ८ सय ८६ जना पुगेको छ ।
  धनगढी स्थित कोरोना परिक्षण प्रयोगशाला, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र भरतपुर चितवन प्रयोगशालामा गरिएको परिक्षणमा २ सय १९ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
   शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा अछाममा १ पुरुष, बैतडीका ५ महिला र २० पुरुष गरि २५ जना, बझाङका ३ महिला र ६ पुरुष गरि ९जना, बाजुराका १० महिला र १७ पुरुष गरि २७ जना, दार्चुलाका ३ पुरुष, डोटीका १७ महिला र २९ पुरुष गरि ४६ जना, कैलालीका ८ महिला र २२ पुरुष गरि ३० जना र कञ्चनपुरका ८ महिला र ३४ पुरुष गरि ४२ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यसैगरी भरतपुर अस्पतालमा गरिएको परिक्षणमा पनि कैलालीका १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
   शुक्रबार नै धनगढी स्थित प्रयोगशालामा गरिएको परिक्षणमा कैलालीको चुरेका ५जना, भजनी त्रिशक्ति नगरपालिकाका २ जना, पुर्विचौकी गाउँपालिका डोटीका  १२ जना, डोटीका १३ जना, पञ्चेश्वर गाउँपालिका बैतडीका २  जना र  भीमदत्त नगरपालिका कञ्चनपुरका १ जना गरी ३५ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो ।