धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024
बेपत्ता पार्ने कार्य बिरुद्धको अन्तराष्ट्रिय दिवशमा प्रधानमन्त्रीलाई बुझाएका् ज्ञापन पत्र

बेपत्ता पारिएकाहरुको स्थिति तुरुन्त सार्वजनिक गर्न माग

बेपत्ता पारिएकाहरुको स्थिति तुरुन्त सार्वजनिक गर्न माग

धनगढी ।  द्धन्द्धकालमा बलपुर्वक बेपत्ता पारिएकाहरुको स्थिति तुरुन्त सार्वजनिक गर्न  बलपुर्वक बेपत्ता पारिएकाहरुको स्थिति सार्वजजिक गर्न समावेसी संक्रमणकालिन न्याय मेलमिलाप  तथा द्धन्द्ध समाधानका लागि जिल्ला संजाल (टिजे संजाल) कैलाली महिला कानून बिकाश मञ्च कैलालीे सहितका संस्थाहरुले माग गरेका छन्

बिस्तृत शान्ति सम्झौता हुँदा तत्कालिन सरकार बिद्रोही पक्ष बिचमा भएको ६० दिन भित्र बेपत्ता पारिएकाहरुको स्थिति सार्वजनिक गर्ने सहमति अझै कार्यान्वयन नभएको भन्दै यथाशिघ्र उक्त सहमित कार्यान्वयन गर्न  समावेसी संक्रमणकालिन न्याय मेलमिलाप    तथा द्धन्द्ध समाधानका लागी जिल्ला संजाल (टिजे संजाल) कैलालीको  नेतृत्वमा मानव अधिकारका क्षेत्रमा कार्यरत संस्थाहरुले मंगलबार प्रधानमन्त्रीलाई बुझाएका् ज्ञापन पत्रमा माग गरिएको

बेपत्ता पार्ने कार्य बिरुद्धको अन्तराष्ट्रिय दिवशका अवसरमा  कैलालीका प्रमुख जिल्ला अधिकारी मार्फत मंगलबार  बुझाइएको ज्ञापन पत्रमा  जवरजस्ती बेपत्ता पार्ने कार्यलाई गम्भीर अपराधको रुपमा सुचिकृत गरि सो अपराधमा संलग्नहरुलाई कानून बमोजिम कारवाहीको ब्यवस्था मिलाउन  वेपत्ता पार्ने कार्य विरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धी अनुमोदन गर्न समेत माग गरिएको

बेपत्ता पारिएका व्यक्तिका श्रीमतीलाई सामाजिक सुरक्षा भत्ताको ब्यवस्था गर्न बेपत्ता पारिएका व्यक्तिको नाममा रहेको सम्पत्ती हस्तान्तरणको कानूनी व्यवस्था गर्न समेत बिज्ञप्तिमा माग गरिएको

  बिज्ञप्तिमा बेपत्ता लगायतका द्धन्द्ध पीडितहरुको यकिन तथ्याङ्क संकलन गरि उनीहरु लक्षित कार्यक्रम ल्याउन संक्रमणकालीन न्याय प्रक्रियामा राजनीतिक हस्तक्षेप बन्द गर्न माग गरिएको

बलपुर्वक बेपत्ता पारिएका ब्यक्तिहरुको सम्झना गर्ने उनीहरुको न्यायको पक्षमा वकालत गर्ने उदेश्यका साथ प्रत्येक बर्ष अग्रेजी महिनाको ३० अगष्टका दिन बेपत्ता पार्ने कार्य बिरुद्धको अन्तराष्ट्रिय दिवश मनाउने  गरिएको

ज्ञापन पत्र बुझाउनेमा  टिजे नेटवर्क कैलालीका संयोजक गणेश मल्ल, इन्सेकका  कृष्ण बहादुर बिश्वकर्माटिजे नेटवर्कका सदस्य लोहिया चौधरी, बेपत्ता परिवारका सदस्य पदम बम, एफडब्लुएलडीकी रेणु प्रधान श्रेष्ठ, टीपीओ नेपालकी कमला बुढाथोकी टी जे नेटवर्कका दिने चटौत रहेका छन्