धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

सुदूरपश्चिममा झण्डै २१ हजारको पि सि आर थ्रोट स्वाव नमुना संकलन

धनगढी

    सुदूरपश्चिममा हाल सम्म २० हजार ७ सय ५ जनाको पि सि आर थ्रोट स्वाव नमुना संकलन गरिएको छ । ति मध्य शुक्रबार सम्म १५ हजार ७ सय ९८ नमुना जाँच गरिसकेको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    हालसम्म परिक्षण गरिएका स्वाव मध्य १३ हजार ९ सय ३६ नेगेटिभ र १८ सय ६२ पोजेटिभ रहेको मन्त्रालयले जनाएको  छ । मन्त्रालयका अनुसार अझै ४ हजार ९ सय ७ थ्रोट स्वावको रिपोट आउन वाँकी छ ।

    यसैगरी शुक्रबार सम्म आरडिटी टेष्ट १ लाख ७ हजार १ सय ३२ जनाको गरिएको मन्त्रालयले उल्लेख गरेको छ । यसैगरी सुदूरपश्चिममा अस्पतालबाट डिस्चार्ज हुने संक्रतिमको सङख्या तीन सय ४२ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

    मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीका अनुसार डोटीका ८७, डडेल्धुराका ८४, कैलालीका ६४, अछाम, दार्चुला र कञ्चनपुरका १२÷१२बैतडीका ६, बझाङ र बाजुराका दुई÷दुई जना संक्रमितलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ ।