धनगढी पोष्ट शनिबार, ०६ बैशाख २०८२   April 19, 2025

कञ्चनपुरमा ८ फिट लामो अजिङ्गर भेटियो

कञ्चनपुरमा ८ फिट लामो अजिङ्गर भेटियो

धनगढी । कञ्चनपुरमा ८ फिट लामो अजिङ्गर भेटिएकोछ । कञ्चनपुर स्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीको पेरिमिटर भित्र सो अजिङ्गर फेला परेको हो ।

सशस्त्र प्रहरीले उक्त अजिङ्गरलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर अर्जुनी पोष्टका रेन्जर पुरन देव मिश्रलाई बुझाइएको छ ।