धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सुदूरपश्चिममा थपिए ३० संक्रमित

धनगढी

   सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ३० जना कोरोना संक्रमित थपिएका छन् ।

       धनगढी स्थित प्रयोगशालामा गरिएको परिक्षणमा १३ महिला र १७ पुरुष गरि ३० जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशीक अस्पतालले जारी गरेको प्रेश बिज्ञेप्तीमा उल्लेख छ ।

       बिज्ञप्ती अनुसार आज थपिएका संक्रमितमा डोटीका ९ महिला र ४ पुरुष गरि  १३ जना, कैलालीको लम्की चुहाका ३ महिला र ११ पुरुष गरि १४, त्यसैगरी कैलालीकै एक महिला र एक पुरुष गरि दुई जना र भजनीका एक पुरुष रहेका छन् ।  पछिल्लो २४ घण्टामा धनगढी स्थित प्रयोगशालामा २ सय ६५ नमुना परिक्षण गरिएको थियो ।