धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024
संखुवासभा हत्या प्रकरण

हत्या आरोपमा भतिजा नाता पर्ने व्यक्ति पक्राउ

हत्या आरोपमा भतिजा नाता पर्ने व्यक्ति पक्राउ

धनगढी । शंखुवासभाको मादी नगरपालिका स्थित उम्लिङमा एउटै परिवारका ६ जनाको हत्या गरेको आरोपमा मृतक परिवारका आफन्त समातिएका छन् ।

मादी नगरपालिका१ उम्लिङमा भएको हत्या प्रकरणमा नातामा भतिजा पर्ने उम्लिङकै २६ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । उनि शुक्रबार पक्राउ परेका हुन् । प्रहरीका अनुसार पक्राउ परेका कार्कीमाथी अहलिे अनुसन्धान भइरहेकोछ । तर उनलेनै हत्या गरेको भन्ने धेरै आधार प्राप्त भइसकेकोछ ।

भदौ २१ गते मादीका ५७ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या भएको थियो ।

मृतकको घर र हत्या आरोपमा समातिएका लोकबहादुरको घर डेढ सय मिटरको दुरीमा छ । लोकबहादुरको घर नजिकैबाट घटनामा प्रयोग भएको हथौडा र रगतले लतपतिएको कपडा बरामद भएपछि प्रहरीले उनलाई समातेको थियो ।

घटनामा लोकबहादुरको संलग्नता रहेकोहो भन्ने धेरै कुरा प्रष्टछ, अनुसन्धानमा संलगन प्रहरी अधिकारी भीमबहादुर दहालले भने्, ‘ केही अनुसन्धान जारी रहेका कारण उनलाई हिरासतमा राखिएकोछ, थप अनुसन्धानपछि आइतबार सार्वजनिक गर्ने छौं ।

प्रहरीका अनुसार हत्या आरोपमा समातिएका कार्की केही समय पहिले वैदेशिक रोजगारीबाट फर्किएका थिए ।  प्रहरीका अनुसार घटना बिहान साढे ५ देखि ६ बजेको बीचमा भएको थियो । कार्कीले सुरूमा तेजबहादुरलाई प्रहार गरेको र त्यसपछि क्रमशः पालैपालो अरूलाई प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ ।