धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

एउटै परिवारका ६ जनाको हत्या गरेको आरोपमा पक्राउ परेका व्यक्ति सार्वजनिक

एउटै परिवारका ६ जनाको हत्या गरेको आरोपमा पक्राउ परेका व्यक्ति सार्वजनिक

धनगढी । एउटै परिवारका ६ जनाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई सार्वजनिक गरेको छ ।

मादी नगरपालिका१ उम्लिङमा तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको हत्या गरेको आरोपमा उनकै भतिज नाता पर्ने लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । प्रहरीले आइतबार चैनपुरमा पत्रकार सम्मलेन गरी कार्कीलाई सार्वजनिक गरेको हो ।

घटनामा प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अरूणकुमार बिसी, संघीय प्रहरी कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्यूरोबाट प्रहरी नायब उपरीक्षक रूगम कुँवरजिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीको टोली खटिएको थियो ।

भदौ २१ गते उम्लिङमा तेजबहादुरसहित उनकी ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या भएको थियो ।

संखुवासभा मादी नगरपालिका१ उम्लिङमा गत सोमबार एकै परिवारका ६ जनाको हत्यापछि जिल्ला प्रहरी कार्यालय संखुवासभा, संघीय प्रहरी इकाई धरान र केन्द्रीय अनुसन्धान ब्युरोको टोली पुगेको थियो । प्रहरी टोली घटनास्थलमा खटिँदा २६ वर्षीय लोकबहादुर कार्की घरमै थिए । उनी हत्या गरिएका ५७ वर्षीय तेजबहादुर कार्कीका बढाबाका नाति थिए । लोकबहादुर घरका जेठा छोरा थिए । आमा गत चैतमा बितेकी थिइन् ।

उनी हत्या अनुसन्धानमा प्रहरी खटिएका बखत त्यतै देखिन्थे, पत्रकार तथा स्थानीयसँग घटनाबारे कुराकानी पनि गर्थे । झट्ट हेर्दा सामान्य लाग्ने उनले कसरी यतिधेरै मानिसको हत्या गर्ला ? सुरूमा त प्रहरी नै अन्योलमा थियो ।

प्रहरीले मृतक परिवारसँग कसैको केही रिसराग थियो कि भनेर खोजी ग¥यो, तर केही पनि फेला पार्न सकेन । प्रहरीले घर छोडेर बाहिर निस्किन उनलाई रोक लगाइएको थियो । लुगा भेटिएपछि उनीसँग प्रहरीले बयान लिन थालेको थियो । शुक्रबार राति भने नियन्त्रणमै लिएको थियो । बयान लिँदा उनले हत्या गरेको स्वीकार गरेको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।