धनगढी पोष्ट
आइतबार, १४ असार २०७७ मा प्रकाशित
धनगढी
सुदूरपश्चिममा ८ जना ल्याव असिष्टेण्टमा कोरोना संक्रमण देखिएको छ ।
मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) कैलालीका अध्यक्ष मीनबहादुर धामीका अनुसार ८ जना ल्याव असिष्टेण्ट मध्ये ३ जनाले कोरोना जितेर घर फर्किका छन् भने ५ जना अझै अस्पतालको आईसोलेशनमा उपचार गरिरहेका छन् । उपचाररत मध्य कैलालीमा १ जना, बाजुरामा २ जना महेन्द्रनगरमा २ जना रहेका छन् ।
कञ्चनपुरका ३ जना ल्याव असिष्टेण्ट भने कोरोना जितेर घर फर्किएको मेलान कैलालीका अध्यक्ष मीनबहादुर धामीले जानकारी दिए ।
उनले पीसिआर पोजेटिभ देखिएका ५ जना अहिले अस्पतालको आइसोलेशनमा रहेका र एक जना मात्रै सरकारी कर्मचारी र अन्य समिति मार्फत कार्यरत रहेको बताए ।
कञ्चनपुरमा कोरोना निको भएका ल्याव असिष्टेण्टहरुले कोरोनाको लक्षण नदेखिएर नै पोजेटिभ देखिएपनि आफुहरुलाई केही अनुभव नभएको बताएका छन् । ल्याव असिष्टेण्टमा कार्यरतलाई कोरोना पोजेटिभ देखिएपछि मेलान कैलालीका अध्यक्ष धामीको समन्वयमा सगरमाथा इन्स्युरेन्स कम्पनीले विमाको व्यवस्था समेत गरेको छ । सुदूरपश्चिममा हाल ५ सय जना ल्याव असिष्टेण्ट कार्यरत छन् ।