धनगढी पोष्ट सोमबार, १३ असोज २०८३   September 28, 2026

सुर्खेतमा कोरोना परीक्षण गर्ने पीसीआर मेसिन बिग्रियो

सुर्खेत

       कोरोना भाइरस (कोभिड–१९)को परीक्षणका लागि कर्णाली प्रदेश सरकारले प्रयोगमा ल्याएको आरटी पीसीआर मेसिन बिग्रिएको छ ।

        प्रदेश अस्पताल सुर्खेत प्रयोग गर्दै आएको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतको पीसीआर मेसिन शुक्रबारदेखि बिग्रिएको हो । यसअघि यो मेसिनबाट दैनिक करिब चार सय स्वाबको परीक्षण गर्दै आएको थियो । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार बिग्रिएको मेसिन मर्मतका लागि आइतबारबाट पहल थालिने भएको छ ।

  …शुक्रबार नै मेसिन बिग्रिएको हो सफ्टवेरमा समस्या भयो कि भनेर प्रयास गरौँ तर हार्डवेयरमै समस्या देखियो’, डा. तिवारीले भने–‘मेसिन मर्मतका लागि अस्पतालले आइतबार सप्लायर कम्पनीलाई पत्र काट्ने कुरा भएको छ ।’ हार्डवेरमा समस्या देखिएका कारण मर्मतमा समय लाग्ने उनको भनाइ   छ ।

 मेसिन बिग्रिएपछि अत्यावश्यक व्यक्तिको अर्काे पोर्टेबल पीसीआर मेसिनबाट परीक्षण भइरहेको छ । प्रयोगशालामा रहेका केही स्वाबहरु भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र छिमेकी जिल्लामा पठाउने तयारी गरिएको छ ।


ट्रेन्डिङ