धनगढी पोष्ट मङ्गलबार, २९ पुष २०८२   January 13, 2026

सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय नागरिक पक्राउ

सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय नागरिक पक्राउ

धनगढी । सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय नागरिक मध्य एक जना पक्राउ परेका छन् । नेपालभारत सीमास्थित कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका८ को कञ्जभोजमा सोमबार साँझ सशस्त्र प्रहरीमाथि आक्रमण गरेको आरोपमा अर्जुन कुमारलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताए । 

गस्तीमा खटिएका बेला भारतीय तस्करको समूहले ढुङ्गामुढा गर्दा सशस्त्र प्रहरीका तीन जवान घाइते भएका थिए । घाइते बीओपी दोधाराचाँदनीमा कार्यरत  सुदीप सुनारसहितका उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।